काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनता र कार्यकर्ताद्वारा रूचाइएको कारण नेपाली कम्युनिष्ट आन्दोनलको इतिहासमा आफू ३५/३६ वर्षदेखि नेतृत्वमा रहेको बताएका छन् ।
आज प्रेस सेन्टर नेपाल रूपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा उनले आफू सधैं नेतृत्वमा बसैं भन्ने सोचका कारणले नभएर जनता र कार्यकर्ताले रूचाएको कारण नेतृत्वमा रहेको बताएका हुन् ।
प्रचण्डले भने, यो सरकारको जन्म नै संविधान कुल्चेर अप्राकृतिक ढंगले बनेको हो,’यो सरकार भ्रष्टाचारी, बिचौलिया र दलाललाई बचाउन बनेको हो, ‘तपाईँहरुलाई लाग्ला सरकारमा जान हतार गरेको होला । विलकूल होइन । हामी त्यो त्रुटी गर्ने पक्षमा छैनौं । तपाईँहरु भन्नुहुन्छ कुर्सी प्राप्तिको लागि जे पनि गर्ने ? होईन, कुर्सी प्राप्तिका लागि जे पनि गर्ने भएको भए मेरो कुर्सी जानेवाला नै थिएन । म कांग्रेस वा एमालेको समर्थन प्राप्त गरिराख्न सक्थेँ । यदि मैले भ्रष्टाचारको विरुद्धमा चलाएको अभियानलाई छोड्दिएको भए, राज्यको जमिन कब्जा गर्ने भूमाफियाहरुलाई छोडिदिएको भए, यो केही भ्रष्टाचारीहरुलाई संरक्षण गर्न अगाडि बढेको भए मेरो नेतृत्वको सरकार ढल्नेवाला नै थिएन,’।
उनले सरकारलाई अझै पनि बिचौलियकाको स्वार्थअनुसारका नियुक्ति गर्ने र इमानदार कर्मचारीलाई प्रताडित गर्ने काम नगर्न सुझाव दिए ।









