काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान च्यात्ने र फाल्ने कोशिस कुनै पनि हालतमा सह्य नहुने बताएका छन् ।
आज गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्टी उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले उनले सुरक्षा निकायलाई संविधानको रक्षाका लागि तयार बस्न निर्देशन दिए ।
संविधान च्यात्ने, भत्काउने, फाल्ने कोसिस कुनै हालतमा सैह्य हुन सक्दैन। क्षम्य हुँदैन। त्यसकारण सुरक्षा निकायका साथीहरू संविधानका रक्षाका लागि तयार हुनुस्,’ उनले भने।
गृहमन्त्री लेखकले संविधानभित्रै बसेर विरोध गर्न पाइने तर लोकतान्त्रिक गणतन्त्रको संविधानलाई नै समाप्त गर्न नपाइने बताए।









