काठमाडौं । गभर्नर नियुक्तका लागि चर्चामा रहेका नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले राजिनामा दिएका छन्।
बहालवाला कार्यकारी निर्देशकलाई नै गभर्नर नियुक्त गर्न मिल्न वा नमिलने भन्ने कानुनी अन्यौलता देखिएपछि भट्टले शुक्रबार राजीनामा बुझाएका हुन् ।
गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको राष्ट्र बैंक स्रोतले बतायो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा दुई चरणमा भएको कुराकानीपछि भट्टलाई नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नर बनाउने समझदारी भएको थियो।









