गभर्नर बन्न भट्टको योग्यता नपुग्ने दाबीसहित सर्वोच्चमा रिट,आइतबार पेसी



काठमाडौं, ५ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा. गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले शुक्रबार गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित रिट दायर गरेका हुन् ।

उक्त रिटको पेशी आगामी आइतबार तोकिएको छ । लामो समयदेखि पेचिलो बन्दै आएको गभर्नर नियुक्ति सर्वोच्चमा रिट परेसँगै फेरि केही समय पछाडि धकेलिने निश्चित भएको छ ।

गभर्नर बन्ने डा।भट्टले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए ।

यसअघि नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच डा.भट्टलाई गभर्नर बनाउने सहमति भएको भनिएको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०८२, शुक्रबार  ५ : २८ बजे