विहानैदेखि शिक्षकहरू प्रर्दशनमा, सडक अस्तव्यस्त (तस्बिरहरु)



काठमाडौं । काठमाडौं केन्द्रित आन्दोलन गर्दै आइरहेको शिक्षक–कर्मचारीहरुले आइतबार विहानदेखि माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको आन्दोलनमा तत्काल शिक्षा ऐन जारी गर्न माग गरिएको छ ।

गत चैत्र २० गतेबाट नियमित प्रदर्शन गर्दै आएका शिक्षकहरुले आइतबार राप्रपाको पनि विरोध प्रदर्शनको कार्यक्रम रहेकाले विहान नौं बजे नै मण्डलामा जम्मा भएका हुन् ।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  ११ : १७ बजे