काठमाडौं । आइतबार विराटनगर विमानस्थलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी गठबन्धनमा जाने कुरा विल्कुल गलत भएको बताएका छन्।
पत्रकारसँग कुरा गर्दै अध्यक्ष दाहालले गठबन्धनमा जाने र समर्थन गर्ने कुरै नहुने बताएका हुन्।
‘प्रचण्डले भने,’होइन अहिलेको गठबन्धनलाई समर्थन होइन। त्यो विल्कुल होइन। त्यो भ्रम नपरोस। हिजो भेटेपछि लौ समर्थन भयो रे। फेरि गठबन्धनमा जाने भयो कि क्या हो। जस्तो चर्चा भएको छ। त्यो बिलकुल गलत हो। त्यो गठबन्धनमा जाने र समर्थन गर्ने कुरा हुन सक्दैन।’
साथै उनले गणतन्त्रप्रति गम्भीर खतरा आएको भनेर सोच्न आवश्यक नभएको र वर्तमान सत्ता गठबन्धनप्रति माओवादी केन्द्रको समर्थन नरहेको उनले उल्लेख गरे ।









