काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन सिंहदरबारबाट पक्राउ परेका छन् ।
प्रहरीले सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि पक्राउ गरेको हो ।
लिङ्देनसहितका नेताहरूले सिंहदरबारभित्रै पर्चा र पम्प्लेटसहित प्रदर्शन गर्न खोजेका थिए । सो क्रममा प्रहरीले पर्चा र पम्लेटहरू पनि खोसेको थियो ।
पक्राउ पर्नेमा नेताहरू ज्ञानेन्द्र शाहीसमेत छन् ।









