गभर्नर नियुक्तिविरुद्ध दायर भएको रिट हेर्न नभ्याइनेमा



काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन हेर्न नभ्याइनेमा परेको छ ।

आइतबार हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा पेशी तोकिए पनि ‘हेर्न नभ्याइने’सूचीमा परेको हो।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए ।

दुवै निवेदनलाई एक साथ सुनुवाइ गर्न फुयाल र पाण्डेयको इजलासमा पेशी तोकिए पनि समय अभावका कारण नभ्याइएको सर्वोच्च प्रशासनले जानकारी दियो।

प्रकाशित मिति : बैशाख ७, २०८२ आईतबार  २ : ३८ बजे