सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको एक लाख ९१ हजार



काठमाडौँ– नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।

सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९१ हजार रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।जुन मूल्य हालसम्मकै उच्च भएको महासंघको भनाइ छ।

महासंघका अनुसार आइतबारको तुलनामा सुनको मूल्य तोलामा एक हजार २०० रुपैयाँले बढेको हो

सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आइतबार तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि स्थिर रहेको हो।

प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार  ११ : ४४ बजे