गभर्नरमा भट्टको योग्यता नपुग्ने दाबीसहितको रिट आज पनि हेर्न नभ्याइनेमा



काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकको गभर्नर बन्न डा.गुणाकर भट्टको योग्यता नै नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन आज पनि हेर्न नभ्याइनेमा परेको छ ।

अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर डा.भट्टको योग्यता नपुग्ने दाबीसहित शुक्रबार रिट दायर गरेका थिए ।

उक्त रिटको पेशी न्यायाधीशद्वय महेश शर्मा पौडेल र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको थियो ।

उक्त रिट हिजो (आइतबार) न्यायधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएकोमा हेर्न नभ्याइनेमै परेको थियो ।

डा.भट्टले नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिइसकेका छन् । गभर्नर नियुक्ति थप पेचिलो बन्दै गएको छ ।

प्रकाशित मिति : बैशाख ८, २०८२ सोमबार  २ : ०९ बजे