काठमाडौं। जिल्ला कारागार कार्यालय रूपन्देहीमा रहेका रवि लामिछानेलाई थुनामुक्त गर्न माग गर्दै उनकी श्रीमती निकिता पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ सकिएको छ ।
उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा सुनुवाइ भएको हो ।
लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पाडेलले आइतबार बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी थिइन् ।
बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा पूर्पक्षका लागि थुनामा रहेका लामिछाने यसअघि निवेदन लिएर सर्वोच्च गइसकेका छन् । उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ ।









