काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ९.९६ अंकले घटको छ । सोमबार नेप्से १६.६८ र आइतबार ७.७५ अंकले घटेको थियो ।
यस दिन आठ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.७३, विकास बैंक १.६१, फाइनान्स ०.३५, हाइड्रोपावर ०.६७, जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.३३, निर्जीवन बीमा ०.४१ र व्यापार १.६५ प्रतिशत घटे ।दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । मकर जितुमाया सुरी हाइड्रोपावरको ७.४७, ग्रिनलाइफ हाइड्रोपावरको ५.३०, नेपाल पुनर्बीमाको ४.८३ प्रतिशत बढ्यो ।
आज ८६ कम्पनीको सेयर मूल्य बढेको छ भने १६० कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














