तोलामा साढे ७ हजार रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौँ । स्थानिय बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  ११ : ०८ बजे