प्रधानन्यायाधीशले पूर्वराजा भेटेको समाचारलाई लिएर सर्वोच्चमा अवहेलना मुद्दा दर्ता



काठमाडौं । प्रधानन्यायाधीक प्रकाशमानसिंह राउतले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेको भनी प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चमा कार्यरत नायव सुब्बा कमला रेग्मी र कम्प्युटर असिस्टेन्ट रमेश बजगाईंले नेपाली पेन अनलाइन पत्रिकालाई विपक्षी बनाउँदै मङ्गलवार अवहेलना मुद्दा दायर गरेका हुन् ।

उक्त अदालतको अवहेलना मुद्दा हिजो (मंगलबार) दर्ता भएकोमा आज सुनुवाइको लागि न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी चढेको छ ।

‘नेपाली पेन’ अनलाइनले ‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे’ शीर्षकको समाचार प्रकाशित भएको थियो ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  ११ : ५२ बजे