काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ३२.३८ अंकले घटेको छ । आज नेप्से परिसूचक २६५५.९४ विन्दुमा पूगेको हो ।
यस दिन सात अर्ब ५७ करोड ८८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ १.२३, फाइनान्स १.१५, होटल तथा पर्यटन १.०१, हाइड्रोपावर १.७८, लगानी १.७६, जीवन बीमा ०.४५, माइक्रोफाइनान्स १.०४, निर्जीवन बीमा ०.९७, अन्य १.५० र व्यापार ०.३० प्रतिशत घटे । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । राधि विद्युतको ४.३३, र विन्ध्यबासिनी हाइड्रोपावरको २.७० प्रतिशत बढ्यो ।
आज २८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१७ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














