रघुजी पन्त शिक्षामन्त्री नियुक्त



काठमाडौं, १० वैशाख ।रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री पन्तको शपथ भने भोलि हुने बताइएको छ ।

मन्त्रिपरिषद्मा शिक्षामन्त्री पन्तको वरियता परराष्ट्रमन्त्री डा।आरजु राणा देउवापछि ८औं नम्बरमा रहेको छ ।

मन्त्री नियुक्त भएका पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत सोमबार विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिईन् ।

प्रकाशित मिति : बैशाख १०, २०८२ बुधबार  ८ : ०७ बजे