वैशाख १७ गते नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता घोषणाको तयारी



काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले वैशाख १७ गते एकता घोषणा गर्ने तयारी गरेका छन् ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको सचिवालयले आगामी १७ वैशाखमा एकता घोषणा गर्नेगरी तयारी अघि बढाइएको जानकारी गराएको छ ।

नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने र इतिहासमै नभएको अभूतपूर्व मिलन र एकता हुँदै छ,” सचिवालयले भनेको छ।

जनमत र नाउपाबीच नेतृत्व, पार्टीको नीति र चुनाव चिह्न पनि टुंगो लागिसकेको दुवै पार्टीले बताएका छन्।

प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार  १ : ५३ बजे