प्रधानमन्त्री ओलीले शुक्रबार संसद बैठकमा सम्बोधन गर्ने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

उक्त अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबारबाट बजेट अधिवेशन सुरु हुँदैछ ।

शुक्रबार दिउँसो १ बजे संसद् बैठक बोलाइएको छ ।

प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार  २ : ३० बजे