काठमाडौं । साताको अन्तिम करोबार दिन बिहीबार नेप्से परिसूचक २.०८ अंकले बढ्को छ । आज नेप्से परिसूचक२६५८.०२ विन्दुमा पूगेर बन्द भएको हो ।
यस दिन सात अर्ब ८७ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
लगानी समूह सबैभन्दा धेरै २.४ प्रतिशत बढ्यो । त्यस्तै हाइड्रोपावर ०.२२, व्यापार ०.३९ र बैंकिङ ०.०३ प्रतिशत बढे ।विकास बैंक ०.७६, फाइनान्स ०.८३, होटल तथा पर्यटन १.१६, जीवन बीमा ०.३२, उत्पादन ०.१७, माइक्रोफाइनान्स ०.४६, निर्जीवन बीमा ०.२८ र अन्य समूह ०.१३ प्रतिशत घटे ।
कुल ८३ कम्पनीको मूल्य बढ्दा १६१ को घट्यो भने एउटाको स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।