काठमाडौं, ११ वैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट कांग्रेस बाहिरिन सक्ने बताएका छन् ।
बिहीबार लोकतन्त्र दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरुले गरेको वाचाअनुसार सरकारको गति र मति दुवैमा प्रश्न रहेको भन्दै आधारभूत कुरामा कम्प्रमाइज गरेर सरकारमा नबस्ने स्पस्ट पारेका हुन् ।
उनले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताए । सरकारमा रहन पार्टीले आधारभूत कुरामा कम्प्रमाइज नगर्ने थापाले बताए।
उनले भने, हामी एक्लै छैनौं, सरकारमा छौं । कतिपय हामीले कम्प्रमाइज गरेका छौं । तर, आधारभूत कुराहरुमा हामीले कम्प्रमाइज गर्दैनौं, हामीले भन्न सक्नुपर्छ । हामी पर्यो भने यस्तो सरकारबाट बाहिर जान्छौं । हाम्रो फन्डामेन्टल कुराहरु अनकम्प्रमाइजिङ हुन्छ,’– उनले भने ।
समस्याको मात्रै कुरा गरेर नहुने भन्दै महामन्त्री थापाले समाधान दिएर जनतामा भरोसा पैदा गर्न सक्नुपर्ने बताए ।महामन्त्री थापाले कांग्रेसले वर्तमान संविधानको स्वामित्व ग्रहण गरेर यसलाई थप सदृढ बनाउँदै लाने उनले बताए ।
अहिले पूर्व राष्ट्रपति, पूर्व उपराष्ट्रपतिलगायत फेरि दलको जिम्मेवारीमा फर्किने कुरा कम्तिमा कांग्रेसको लागि नसुहाउने उनले बताए ।