आन्दोलनरत शिक्षकहरुलाइ ३ दिनभित्र विद्यालय फर्काउन सरकारलाइ सर्वोच्चको आदेश



काठमान्डौ । आन्दोलनरत शिक्षकहरुका जायज माग पूरा गरी तीन दिनभित्र विद्यालय फर्किने वतावरण बनाउन सर्वोच्च अदालतले सरकारलाइ आदेश दिएको छ।

न्यायाधीश नहकुल सुवेदीको एजलासले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा उक्त आदेश दिएको हो।

तेस्तै कक्षा १२ को परीक्षा नसार्न पनि आदेश आएको छ ।

आदेशमा शिक्षकहरूका जायज र संविधानसम्मत माग तत्काल सम्बोधन गर्न सरकारका नाममा उचित र आवश्यक निर्णय गरी ३ दिनभित्र शिक्षकहरू विद्यालय फर्की पठनपाठन गराउने वातावरण सुनिश्चित गर्न अदेशमा भनिएको छ।

‘आन्दोलनरत शिक्षकहरुका जायज र संविधानसम्मत मागहरु तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरुले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले ३ दिन भित्र आन्दोलनरत शिक्षकहरु विद्यालयमा फर्की नियमित पठन पाठन गर्ने वातावरण सुनिश्चित गर्नू,’ आदेशमा भनिएको छ।

प्रकाशित मिति : बैशाख ११, २०८२ बिहीबार  ९ : ३३ बजे