काठमाडौं । सरकारसँग वार्ताको लागि गएका नेपाल शिक्षक महासंघका प्रतिनिधिहरु सिंहदरबार परिसरबाटै फर्किएका छन् ।
नेपाल शिक्षक महासंघका अधिकारीहरू सरकारसँग वार्ता गर्न गएको भनिएपनि मन्त्रालय प्रवेश नगरी फर्किएका हून् ।
उनले सामाजिक सञ्जालमा भनेका छन्, “आज मिति ०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौँ, तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौ ।”
शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए ।