आदोलनरत शिक्षक महासंघलाई शिक्षा मन्त्रालयले पुनः बोलायो वार्तामा



काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले बोलाएको वार्ता असफल भएसँगै शिक्षा मन्त्रालयले आदोलनरत शिक्षक महासंघलाई पुनः वार्तामा बोलाएको छ ।

मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्ति जारी गरेर शनिबार बिहान ७ः३० बजे वार्तामा आउन आह्वान गरेका हुन् ।

“वार्ता र संवादका माध्यमबाट आन्दोलनरत शिक्षकका समस्या समाधान गर्न नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका माननीय मन्त्रीज्यूबाट आह्वान भएबमोजिम मिति २०८२।१।१२ गतेका दिन नेपाल शिक्षक महासंघ, राष्ट्रिय समितिलाई पत्राचार भएकोमा कारणवश आजका लागि निर्धारित भेटघाट र छलफल हुन नसकेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।“माननीय मन्त्रीज्यूको समुपस्थितिमा मिति २०८२।१।१३ गते बिहान ७ः३० बजे शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने वार्ता र संवादको लागि महासंघका तर्फबाट अध्यक्ष एवं अन्य पदाधिकारीहरू उपस्थित भइदिनु हुन मन्त्रालय हार्दिक आह्वान गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार  ८ : १७ बजे