सांसद राईलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौँ । प्रतिनिधिसभा सदस्य माया राईलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगीमा संलग्न रहेको आरोपमा पक्राउ पुर्जी जारी भएर फरार रहेकी सांसद राई शनिबार पक्राउ परेकी थिइन् ।

कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनमा संलग्न भएको उनीमाथि आरोप छ ।

काठमाडौँ जिल्ला अदालतले राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

प्रकाशित मिति : बैशाख १४, २०८२ आईतबार  ३ : १६ बजे