प्रतिनिधिसभामा सरकारको वार्षिक प्रतिवेदन पेस



काठमाडौं ।आजको प्रतिनिधिसभा बैठकमा सरकारको वार्षिक प्रतिवेदन पेस भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षामन्त्री मानवीर राईले आर्थिक वर्ष ०७९/८० र ०८०/८१ पेस गरेका हुन् ।

नेपालको संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनका सम्बन्धमा गरेका काम र प्राप्त उपलब्धिसहितको वार्षिक प्रतिवेदन नेपाल सरकारले राष्ट्रपति समक्ष पेस गर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार  १२ : ५० बजे