सेयर बजार १४.५३ अंकले घटेर २,६४७.०७ विन्दुमा



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) १४.५३ अंकले घटेको छ ।

आज परिसूचक ०.५४ प्रतिशतले घटेर २,६४७.०७ विन्दुमा पूगेको हो ।

यस दिन आठ अर्ब ९१ करोड २८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घटे । त्यस्तै मध्यभोटेकोशी हाइड्रोपावरको ७.६२, ग्रिन डेभलपमेन्ट बैंकको ६.९७, मानुषी लघुवित्तको ५.७९ प्रतिशत मूल्य बढ्यो ।

यस दिन ७८ कम्पनीको सेयरमूल्य वृद्धि भएको छ भने १६७ कम्पनीको सेयरमूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १५, २०८२ सोमबार  ३ : ५५ बजे