काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्धको अवहेलना मुद्दा कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा परेको छ ।
आइतबार अधिवक्ता अनन्तराज लुइँटेलसहितले दायर गरेको अवहेलना निवेदनमा सर्वोच्च प्रशासनले आज (मंगलबार)को पेसी दिएको थियो ।
उक्त इजलासमा आज १४ वटा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएकोमा थापाको अवहेलना मुद्दा सूचीको पहिलो नम्बरमा रहेको छ ।









