तोलामा ५०० रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  ११ : ३१ बजे