मंगलबार सेयर बजार १५.०८ अंकले घटेर २६३१ विन्दुमा



काठमाडौं । मंगलबार सेयर बजार नेप्से परिसूचक १५.०८ अंकले घटेको छ । आज परिसूचक २६३१ विन्दुमा पूगेको हो । ।

यस दिन ७ अर्ब ५७ करोडको सेयर कारोबार भएको छ ।

बैंकिङ ०.५७, विकास बैंक ०.९०, होटल तथा पर्यटन ०.६३, हाइड्रोपावर ०.२०, लगानी ०.८३, जीवन बीमा ०.५४, उत्पादन ०.३४, माइक्रोफाइनान्स ०.७८, निर्जीवन बीमा ०.३२, व्यापार ०.५१ र अन्य ०.७५ प्रतिशत घटे । दुई कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढ्यो । भूगोल इनर्जीको ९, राधि विद्युतको ७ तथा कर्पोरेट डेभलपमेन्टको ६.६ प्रतिशत मूल्य बढ्यो ।

यस दिन ५७ कम्पनीको मूल्य बढ्दा १८८ को घट्योको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : बैशाख १६, २०८२ मंगलबार  ४ : ११ बजे