काठमाडौँ । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा बुधबार बालुवाटारमा सत्तापक्षीय राजनीतिक दलको बैठक बसेको हो।
सरकारको नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत हुनुअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका हुन् ।
सरकारको नीति तथा कार्यक्रम वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गर्दै छन् ।









