सत्तारुढ दलको बैठक : सरकारको नीति तथा कार्यक्रम ‘ब्रेकथ्रू’ हुने खालको आउनुपर्ने



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धन दलको बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल भएको छ ।

आज बालुवाटारमा बसेको बैठकले सरकारले ल्याउने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, शिक्षकहरुको आन्दोलन, समसामयिक राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भएको थियो ।

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको नीति तथा कार्यक्रमबारे सुझाव प्राप्त गर्न बैठक आयोजना गरिएको बताए ।

सत्ता सहयात्री दलहरूले नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयमा महत्त्वपूर्ण सुझाव प्राप्त भएको जानकारी दिए । उनले भने, ‘खासगरी युवा पुस्ताहरूमा आशा र विश्वास जगाउनका लागि निम्ति उनीहरूमा उद्यमशीलता, सिप विकास, स्टार्टअप, व्यावसायिक प्लान्ट र बजार संरक्षणको एउटा समग्र योजना सहितको कार्यक्रमहरू आओस् भन्ने पनि दलहरूले सुझाव दिनु भएको छ ।’

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  २ : २३ बजे