काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी ‘नाउपा’का संरक्षक रेशम चौधरीलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले पत्र लेखेको छ।
बुधबार काठमाडौँको कमलादीबाट पक्राउ परेका चौधरीलाई थुनामुक्त गर्न सर्वोच्चले प्रहरीलाई पत्र पठाएको हो।
चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्चका मुद्दा तथा रिट महाशाखाका महिमान सिंह विष्ट नियन्त्रणमा छन्।
सर्वोच्चबाट नै गएको पत्रमा सर्वोच्चको प्रशासन नै अन्यौलमा परेको थियो।
कुनै पनि न्यायाधीशले आदेश वा फैसला नगरी कसरी सर्वोच्च प्रशासनले प्रहरी र कारागारलाई पत्र पठायो भनी खोजी सुरु भएको थियो।









