भट्टलाई गभर्नर बन्ने बाटो खुल्यो,६५ वर्ष कटेकालाई गभर्नर नबनाउनु भन्ने आदेशले पायो निरन्तरता



काठमाडौं, १७ वैशाख । अदालतले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गर्भनर बन्ने बाटो खुला गरेको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजालासले भट्ट विरुद्धको पुरक रिट निवेदनमाथि छलफल गर्नुनपर्ने भन्दै भट्टलाई गर्भनर बन्ने बाटो खुला गरेको हो ।

गर्भनर बन्न भट्टको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताद्धय विशाल थापा र प्रतिभा उप्रेतिले रिट निवेदन दर्ता गराएका थिए।

भट्टलाई गर्भनर बनाउन नेपाली कांग्रेसकासभापति शेर बहादुर देउबा र प्रधानमन्त्री केपी ओली सहमत भइसकेका छन् ।तर सर्वोच्च अदालतमा दर्ता भएको निवेदनका कारण गभर्नर नियुक्ति प्रकृया नै अगाडि बढ्न सकेको थिएन।

तेस्तै सर्वोच्च अदालतले ६५ वर्ष कटेकालाई पनि गभर्नर नियुक्त गर्न मिल्ने गरी संशोधन गरेको मापदण्ड संशोधन कार्यान्वनय नगर्न यसअघि दिएको आदेशलाई पनि निरन्तरता दिएको छ। वैशाख २ गते न्यायाधीश नित्यानन्द पाण्डको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार न्यायाधीश तिल प्रसाद श्रेष्ठ र बालकृष्ण ढकालको संयुक्त इजलासले निरन्तरता दिएको हो।

यसअघि सरकारले गभर्नर नियुक्तिको मापदण्डमा रहँदै आएको ६५ वर्षीय उमेर हद हटाएको थियो । गभर्नर नियुक्तिको मापदण्डमा उमेर हद हटाउने सरकारको निर्णयविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए ।

प्रकाशित मिति : बैशाख १७, २०८२ बुधबार  ७ : ३६ बजे