केआइआइटीमा नेपाली विद्यार्थी मृत भेटिएको घटनामा सत्यतथ्य पत्ता लगाउन सभामुखको रूलिङ



काठमाडौं । प्रतिनिधिसभाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्राहरुको मृत्यु प्रकरणमा गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन निर्देशन दिएको छ ।

आज बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरुले उक्त घटनामा सरकारले बिशेष ध्यान दिनुपर्ने धारणा राखेपछि समाभुख घिमिरेले उक्त घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन लागि भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन निर्देशन दिएका हुन् ।

प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्युको विषयलाई लिएर आवाज उठाएका थिए ।

सभामुख घिमिरेले पीडित परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न समेत सरकारलाई निर्देश गरे ।

प्रकाशित मिति : बैशाख २२, २०८२ सोमबार  १२ : २२ बजे