मंगलबार सामान्य अंकले बढ्यो सेयर बजार, आठ अर्ब ७४ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार मंगलबार सामान्य अंकले बढेको छ । परिसूचक १.०३ अंकले बढेर २६११.४३ विन्दुमा बन्द भएको हो ।

यस दिन आठ अर्ब ७४ करोड रुपैयाँका सेयर कारोबार भएको छ ।

सबैभन्दा बढी व्यापार उपसमूहका लगानीकर्ताले कमाएका छन् । अन्य उपसमूहको मूल्य भने घटेको छ । सबैभन्दा धेरै वित्त समूहका लगानीकर्ताले गुमाएका छन् ।आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको मूल्य १० प्रतिशतले बढेको छ । क्रेस्ट माइक्रोफाइनान्स, ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेड, रिडी पावरको मूल्य समेत ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

यस दिन १२० कम्पनीको सेयर मूल्य बढेको छ भने १२६ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २३, २०८२ मंगलबार  ४ : ३६ बजे