काठमाडौं । राष्ट्रिय स्वत्न्त्र पार्टी (रास्वपा)ले नेपाल विद्युत प्राधिकरणको घाटामा रहेको भनिएकोबारे ऊर्जामन्त्रीसँग जवाफ मागेको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले उर्जामन्त्री दिपक खड्कालाई सदनमा उभिएर नेपाल विद्युत प्राधिकरणको नाफारघाटाबारे जवाफ दिन सदनमार्फत माग गरेकी हून् ।
उनले भनिन्,‘केही महिना अगाडिसम्म ४६ अर्ब ४७ करोड नाफा भएको विद्युत प्राधिकरण एक महिनाभित्र पाँच अर्ब २६ करोड घाटामा छ भनिएको सुनिएको छ, यस विषयमा सदनमा आएर उर्जामन्त्रीज्यूले स्पष्टीकरण दिनको लागि माग गर्न चाहन्छु ।’









