सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १४ सय रुपैयाँले घटेको हो

बिहीबार तोलाको एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर १९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  १० : ५७ बजे