ग्लोबल ब्रान्ड फोटोन टुनल्याण्ड G7 नेपाली बजारमा छिट्टै लन्च हुँदै



काठमाडौं । विश्वभर द्रुत गतिमा लोकप्रियता हासिल गरिरहेको फोटोनको टुनल्याण्ड G7 अब नेपालमा आफ्नो बहुप्रतीक्षित डेब्यू गर्ने तयारीमा जुटेको छ । टुनल्याण्ड प्रिमियम पिकअप खण्डमा गेम-चेन्जर हुने अपेक्षा गरिएको छ।

नेपालको विविधतायुक्त भौगोलिक बनावटका लागि उपयुक्त टुनल्याण्ड G7 शहरको शान र दुर्गम भू–भाग दुबैका लागि डिजाइन गरिएको छ जसले कडा मजबूती र आरामको उत्कृष्ट संयोजन प्रदान गर्दछ। यसमा १६० हर्सपावरको इन्जिन र ३९० न्यूटन मिटर टर्कको क्षमतासहित शक्तिशाली पर्फर्मेन्स पाइन्छ, जसले शहरको ट्राफिक र अफ-रोड यात्रा दुबैमा उत्कृष्ट साथ दिन्छ। यो नयाँ पुस्ताको पिकअप गाडीमा निम्न प्रकारका विशेषताहरू समावेश छन्

: इन्जिन पुश स्टार्ट बटन

: खुल्ला र फराकिलो अनुभव दिने प्यानोरामिक सनरूफ

: सहज कनेक्टिभिटी दिने १२.३ इन्चको इन्फिनिटी टचस्क्रिन

: गर्मी तथा चिसो नियन्त्रण हुने सिटहरू, १२ तरिकाले इलेक्ट्रिक एड्जस्ट गर्न मिल्ने

: हिल डिसेन्ट कन्ट्रोल (HDC) र हिल होल्ड कन्ट्रोल (HHC) जसले उकालो र ओरालोमा सजिलै गाडी नियन्त्रण गर्न मद्दत गर्छ

: क्रूज कन्ट्रोल


मजबुत बनावट, अत्याधुनिक विशेषताहरू र आकर्षक डिजाइनसहितको टुनल्याण्ड G7 केवल गाडी मात्र होइन, नेपालका पक्की र कच्ची बाटाहरू दुबैमा आत्मविश्वासका साथ कुद्न चाहनेहरूका लागि नयाँ साहसी विकल्प पनि हो।

फोटोन मोटर कम्पनी विभिन्न प्रकारका व्यावसायिक सवारी साधनहरूको उत्पादनमा केन्द्रित चीनको एक कम्पनी हो। सन् १९९६ मा स्थापना भएको यो कम्पनीले हाल १३० भन्दा बढी देशहरूमा आफ्नो उपस्थिति कायम गरिसकेको छ। यस कम्पनीका उत्पादनहरूमा ट्रक, भ्यान, पिकअप र बसहरू पर्छन्। यी सबै सवारीहरू बलियो, भरपर्दो र किफायती हुने गरी बनाइएका छन्। फोटोनका मोडेलहरू शहरका साँघुरा गल्लीदेखि पहाडी दुर्गम सडकसम्म सबै प्रकारका सडक र वातावरणमा सहजै चल्न मिल्ने गरी निर्माण गरिएका छन्।

फोटोनका चर्चित मोडेलहरूमा टुनल्याण्ड नामको पिकअप सिरिज, औमार्क नामको लाइट ट्रक र औमान नामको हेभी ट्रक पर्दछन्। टुनल्याण्ड पिकअपले शक्ती, आराम र कडाइको संयोजन दिन्छ र यो व्यक्तिगत प्रयोजन, सानो व्यापारको सामान ढुवानी तथा अफ(रोडमा चलाउने उद्देश्यका लागि बनाइएको हो। यसमा डिजेल इञ्जिनका विकल्पहरू छन्। औमार्क र औमान भने ठूलो परिमाणको सामान बोकेर लामो दूरी पार गर्ने ट्रकहरू हुन्। फोटोनले वातावरणमैत्री सवारीतर्फ पनि काम गरिरहेको छ जसमध्ये केही देशहरूमा यसको विद्युतीय भ्यान र बसहरू बिक्री भइरहेको छ।

एशियाली मुलुकहरू विशेषगरी फिलिपिन्स, नेपाल, भारत, पाकिस्तान, थाइल्याण्ड र चीनमा फोटोनले राम्रो प्रदर्शन गरिरहेको छ। यी देशका उपभोक्ताहरू सस्तो, सजिलै मर्मत गर्न मिल्ने र कच्ची तथा उकालो सडकहरूमा सजिलै चल्ने खालका सवारी रोज्ने गर्छन्। यहाँका पिकअप र ट्रकहरूले साना उद्योग, कृषि फार्म तथा निर्माण क्षेत्रमा काम गरिरहेका छन्। यी क्षेत्रका ग्राहकहरूले फोटोनलाई किफायती मूल्यमा बलियो सवारी उपलब्ध गराउने ब्रान्डका रूपमा लिएका छन्।

अफ्रिकामा पनि फोटोनले राम्रो पकड बनाएको छ, विशेष गरी केन्या, नाइजेरिया र दक्षिण अफ्रिकामा। अफ्रिकाका धेरै ठाउँमा सडकको अवस्था निकै खराब हुन्छ र कच्ची सडकहरूमा भारी बोझ बोकेर सवारी साधन चलाउनु सामान्य कुरा हो। यस्तो अवस्थामा फोटोनका ट्रक र पिकअपहरू यातायात, कृषि र डेलिभरीको काममा निकै उपयोगी मानिन्छन्। त्यहाँ स्पेयर पार्ट्स र सर्भिसिङका लागि स्थानीय साझेदारहरू पनि छन् जसले गर्दा ग्राहकहरूको विश्वास जित्न कम्पनी सफल भएको छ।

चिली, पेरु र कोलम्बिया जस्ता ल्याटिन अमेरिकी मुलुकहरूमा पनि कम्पनी विस्तार भइरहेको छ। शहरी क्षेत्रदेखि ग्रामीण ठाउँसम्मका मानिसहरूले फोटोनका सवारीहरू शहरको भिडभाड र गाउँका धुलाम्य सडक दुवैमा प्रयोग गरिरहेका छन्। फोटोनले सधैं किफायती मूल्यमा प्रतिस्पर्धात्मक गुणस्तर दिने इतिहास बनाएको छ जसले गर्दा साना तथा मझौला व्यापारीहरू यसप्रति आकर्षित भएका छन्।

फोटोन अष्ट्रेलिया र युरोपका केही विकसित बजारहरूमा पनि प्रवेश गरिरहेको छ। यस्ता प्रतिस्पर्धात्मक बजारमा पाइला चाल्न समय लागे पनि कम्पनी बिस्तारै चिनिँदै गएको छ। अष्ट्रेलियामा टुनल्याण्ड पिकअपले अफ(रोड क्षमताका लागि प्रशंसा पाएको छ तर ब्रान्डको पूर्ण स्वीकार्यता स्थापित हुन भने अझै समय लाग्ने देखिन्छ।

टुनल्याण्ड जी सेभेन नयाँ र प्रिमियम पिकअप चाँडै नै नेपालमा भित्रिने तयारीमा छ। नेपाली बजारको लागि यसको उपादयता र स्थायित्व सुनिश्चित गर्न टुनल्याण्ड न्ठ ले एक वर्ष लामो टेरीटरियल परीक्षण गर्यो र यसैका आधारमा निरन्तर उत्पादन रूपान्तरण र स्तरोन्नतिहरूले यसलाई सुरक्षा, पर्फर्मेन्स र अन्य धेरै आवश्यक परीक्षणहरू सफलतापूर्वक पास गर्न सक्षम बनायो। उत्कृष्टताको यो विश्वव्यापी बेन्चमार्क हासिल गरेपछि एमएडब्लू वृद्धि अब नेपालमा टुनल्याण्ड G7 को सुरुवातका लागि तयार छ। यो सवारी नेपाली बजारमा अफ-रोड र सहर दुवैका लागि हुने गरी बलियो बनावट, विशेषताहरूले भरिपूर्ण डिजाइन र आकर्षक लुकसहित नयाँ विकल्पको रूपमा आउँदैछ। नेपाली बजारमा प्रवेश गरेको यो प्रिमियम पिकअप गेम-चेन्जर हुने अपेक्षा गरिएको छ जसले नेपालको अफ-रोड टेरेनको लागि बलियो र आराम दुवै चाहनेहरूलाई नयाँ विकल्प दिन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : बैशाख २६, २०८२ शुक्रबार  १२ : ३६ बजे