सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

आज छापावाल सुन तोलामा तीन सय रुपैयाँ घटेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँ बढेको छ । आज चाँदीको मूल्य एक हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०८२ आईतबार  ११ : १५ बजे