काठमाडौं । धितोपत्र दोस्रो बजार सेयर बजार (नेप्से) ११.५३ अंकले घटेको छ । बजार घटेर २६५०.११ विन्दुमा पुगेको हो ।
यस दिन १० अर्ब २० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो । अन्य उपसूचक घटेका छन् । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । यी धितोपत्रको मूल्य क्रमशः २४५७.६० र २०३१.७० रुपैयाँ पुगेको छ ।
आज ८२ कम्पनीको सेयर मूल्य बढ्यो भने १६४ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














