सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

यस दिन सूनको मूल्य प्रतितोला तीन हजार ७०० रुपैयाँ घटेको हो ।

आज सुन प्रतितोला एक लाख ८६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २९, २०८२ सोमबार  ११ : ५८ बजे