काठमाडौँ । पटकपटक दिएको समयसीमामा दर्ताको प्रक्रियामा नआएपछि सरकार फेसबुकलाई दर्ता प्रक्रियामा ल्याउन नसक्ने भएको छ।
चैत ७ गते दिएको एकमहिने समयसीमा सकिएको र पछि सरकारले पुनः एक हप्ता म्याद थप पनि फेसबुकले दर्ताका लागि चासो नदेखाएपछि सरकार आफैँ पछि हटेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले अब दर्ताको म्याद नतोकिने बताए। ‘अब म्याद तोकिँदैन, विस्तारै दर्ताको प्रक्रियामा आउला,’ उनले भने।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दर्तामा नआए फेसबुक र उसको मातृ कम्पनी मेटालाई बन्द गर्ने धम्की दिएका थिए।
नेपालमा टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याबमात्र दर्ता भएका छन्।









