लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले दिईन् पदबाट राजीनामा



काठमाडौँ । लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यबाट जनमत पार्टीको सांसद गीता गुरुङले राजीनामा दिएकी छिन्। पदमा बसेर जनताका लागि केही काम गर्न नसकिएको भन्दै उनले राजीनामा दिएको उल्लेख गरेकी छन्।

काम गर्न नसकेको अवस्थामा जनताको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त नदेखिएकोले पदबाट राजीनामा दिएको उल्लेख गरेकी छिन्।

‘देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ,’ प्रदेश सभाका सभामुखसमक्ष दिएको राजीनामा पत्रमा लेखिएको छ।

देश र जनताको पिर मर्का राम्री बुझेको उल्लेख गर्दै उनले देश जनता भन्दामाथि कोही नहुने बताएकी छिन्। उनी समानुपातिक तर्फबाट संसद् चुनिएकी थिइन्।

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  १२ : १८ बजे