बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ (तस्बिरहरु)



काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा चण्डेश्वरी जात्रा धुमधामका साथ मनाइदैँ छ ।

वैशाख शुक्ल पूर्णिमामा मनाइने यो जात्रा काठमाडौँ नजिकैको बनेपा र आसपासका क्षेत्रमा रहेका नेवार समुदायले भव्य रूपमा मनाउने गर्छन् ।

जात्रामा बाजागाजासहित रथलाई चण्डेश्वरीसम्म लगेर देवीको मूर्तिलाई रथमा राखेर फर्कने चलन छ ।

हरेक वर्ष चण्डी पूर्णिमादेखि तीन दिनसम्म मनाइने यो जात्रा हिजोबाट सुरु भएको हो ।

प्रकाशित मिति : बैशाख ३०, २०८२ मंगलबार  ४ : ४३ बजे