एकै दिन सगरमाथा शिखरमा पुगे ४० आरोही



काठमाडौं । यसपटकको वसन्तु ऋतुको सगरमाथा आरोहण सुरु भएसँगै बुधबार तीन दर्जनभन्दा बढी आरोहीले विश्वको सर्वोच्च शिखर चुम्न सफल भएका छन्।

पर्यटन विभाग अनुसार बुधबार आरोही र सहयोगी गरी ४० भन्दा धेरै आरोही सगरमाथाको शिखरमा पुगेका हुन्।

बुधबार शिखरमा पाइला टेकेका अधिकांश युक्रेन, जापान र चीनको टोली थिए। उनीहरूलाई नेपाली शेर्पा सहयोगीले सगरमाथा शिखरसम्म साथ दिएका थिए।

यसपटकको वसन्त ऋतुका लागि २७ हिमालमा १ हजार १ सय ४० जनाले आरोहण अनुमति लिएका छन् । सगरमाथामा मात्र ४ सय ५८ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी दियो।

प्रकाशित मिति : बैशाख ३१, २०८२ बुधबार  ७ : ५९ बजे