सुशीला थिङको प्रश्न : अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन ?



काठमाडौँ । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भनेर प्रश्न गरेकी छन् ।

प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले प्रश्न गरेकी हून् ।

थिङले भनिन् , ‘यदि राज्यलाई अविवाहितमाथि विभेद गरी बढी कर उठाउन लाज लाग्दैन भने, हामी अविवाहितलाई बढी कर उठाउँदा राज्य धनी हुन्छ भने सबै अविवाहित जीवनको सबै कमाइ राज्यलाई बुझाउन तयार छ । होइन भने राज्यले विवाहित र अविवाहितलाई विभेद गरी कर उठाउन पाइँदैन । विभेदकारी कर नीति यसपालिदेखि खारेज गरियोस् भनी अर्थमन्त्रीसँग जोडदार माग गर्दछु ।’

प्रकाशित मिति : जेष्ठ १, २०८२ बिहीबार  १२ : ४५ बजे