काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद्का दुईवटा बैठकका निर्णय सार्वजनिक गरेका छ्न् ।
बिहीबार यही वैशाख २५ गते र ३१ गते गरिएका २२ निर्णय आज नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।
उक्त निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले नेपाल राष्ट्र बैंकको गभर्नर छिट्टै नियुक्त हुने बताए । मन्त्री गुरुङले गभर्नर दुई–चार दिनभित्रै नियुक्त हुने दाबी गरे ।
उनले भने, ‘अब तलमाथि नभइकन दुई–चार दिनमै नयाँ गभर्नर पाउँछौँ, गभर्नर नियुक्तिका लागि हामीले सिफारिस समिति पहिला अर्थमन्त्रीज्यूको संयोजकत्वमा डा. विश्व पौडेल र डा.विजयनाथ भट्टराईको समिति बनाएका थियौँ । विजयनाथ भट्टराईले पहिला राजीनामा दिनुभयो । त्यो डिफङ भयो । त्यसपछि फेरि पूर्वगभर्नरकै तर्फबाट महाप्रसाद अधिकारीलाई समितिको सदस्यका रूपमा थप्यौँ । डा.विश्व पौडेलले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । काम चाँडो भन्दा चाँडो सम्पन्न गर्न हामीले फेरि पुनःगठन गरेका छौँ ।’
यस्ता छन् निर्णयहरु :
१. २०८२ वैशाख ३० देखि १ गतेसम्म ग्ब्भ् को म्गदबष् मा आयोजना हुनेमा प्रहरी अतिरिक्त महानिरीक्षक श्री सुदिप गिरीलाई सहभागी हुन । स्वीकृति प्रदान गर्ने ।
२. महाकाली नदीमा विगत वर्षहरूको मनसुनका कारण सिर्जित जोखिम र आगामी मनसुनमा हुन सक्ने जलप्रवाहजन्य जोखिम भएका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिकाको वडा नं. ११, १२, १३ र दोधारा चाँदनी नगरपालिकाको वडा नं. ३, ८, ९, १० लाई तीन महिनाको अवधिका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने ।
३.२०८२ जेठ १४ देखि १६ गतेसम्म गणतन्त्र कोरियामा आयोजना हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री माननीय देवेन्द्र दाहाललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
४. भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट क्षतिग्रस्त शैक्षिक संरचना निर्माण गर्ने तथा । नेपाल सरकारमार्फत कार्यान्वयन हुने गरी वार्षिक बजेटमा व्यवस्था भएका मुलुकभरका ।सार्वजनिक विद्यालयहरूको भौतिक पूर्वाधारको निर्माण/पुनर्निर्माण/प्रबलीकरणका कार्य गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन । एकाइको कार्यक्षेत्र विस्तार गर्ने ।
५. २०८२ वैशाख ३० देखि जेठ १ गतेसम्म जापानमा आयोजना हुने सहभागी हुन काठमाडौं महानगरपालिकाका प्रमुख श्री बालेन्द्र शाहलाई स्वीकृति प्रदान गर्ने ।
६. २०८२ वैशाख ३० देखि जेठ १२ गतेसम्म जनवादी गणतन्त्र चीनमा आयोजना हुने सहभागी प्रशासन मन्त्रालय हुन आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन बहादुर श्रीसलाई स्वीकृति प्रदान गर्ने ।
७. दोर्दी गाउँपालिका, लमजुङलाई जनवादी गणतन्त्र चीनको यूनान प्रान्तस्थित फुगोङ काउन्टिसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।
८ लुम्बिनी प्रदेशका प्रमुख सचिव श्री बाबुराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (उद्योग) श्री कृष्णबहादुर राउत; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव (विज्ञान प्रविधि) श्री विश्ववावु । पुडासैनी र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. दिपक काफ्लेको विभिन्न मितिका वैदेशिक । भ्रमणहरू स्विकृत गर्ने ।












