सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ ।

आइतबार १ लाख ८४ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोवार भैइरहेको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १९ सय ४५ रुपैयाँमा कारोवार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भैइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०८२ सोमबार  १० : ५४ बजे