काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) ८.५७ अंकले घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.३१ प्रतिशतले घटेर २६७९.९८ विन्दुमा बन्द भएको हो ।
आज ७ अर्ब ६० करोडमा अर्ब ६० करोड ९५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.६६, विकास बैंक १.४६, फाइनान्स ०.९९, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर ०.३६, लगानी १.०३, जीवन बीमा ०.३३, उत्पादन ०.०३, निर्जीवन बीमा ०.१०, अन्य ०.४५ प्रतिशत घटे ।ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । रिभर फल्स पावरको ७.५६, लक्ष्मी लघुवित्तको ६.२८, उन्नति सहकार्य लघुवित्तको ६.१६, नेरुडे मिर्मिरे लघुवित्तको ५.८५ प्रतिशत मूल्य बढ्यो ।
आज ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














