१७.४४ अंकले बढ्यो सेयर बजार, आठ अर्ब ५८ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से परिसूचक) १७.४४ अंकले बढेको छ ।

नेप्से परिसूचक ०.६५ प्रतिशतले बढेर २,६९३.०६ विन्दुमा पूगेको हो ।

यसदिन, आठ अर्ब ५८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

बैंकिङका अलवा विकास बैंक १.२९, फाइनान्स ०.१८, होटल तथा पर्यटन ०.८१, हाइड्रोपावर ०.८९, लगानी ०.०३, उत्पादन तथा प्रशोधन ०.६५ प्रतिशत बढे । जीवन बीमा ०.२४, माइक्रोफाइनान्स ०.२६, निर्जीवन बीमा ०.२६ तथा अन्य समूह ०.०६ प्रतिशत घटे ।

आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने यस्तै, ९७ कम्पनीको सेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १४, २०८२ बुधबार  ३ : ५४ बजे